Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

काठमाडौं : सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरेकी छिन् । सोमबार काठमाडौंमा वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको उपस्थितीमा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारीलगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।लेखिका अधिकारीले पत्रकारितामा संलग्न हुँदा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई पुस्तकमा समावेश गरेको बताएकी छिन् ।

सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा उपन्यासकार सन्तोष श्रेष्ठले कमी कमजोरीकाबीच राम्रो कृति आएको बताए । कृतिको विमोचनपछि विशिष्ठ कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार दामोदार पुडासैनी, प्राडा अर्जुनदेव भट्टलगायतले कृतिका लागि अधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

वरिष्ठ साहित्यकार खेमनाथ दाहालले अधिकारीले संलग्न कृति र समीक्षा ज्ञानबर्धक र मननयोग्य रहेको बताए भने कथाकार माया ठकुरीले आफूले कथामा भन्न खोजेको कुरा सरल भाषामा व्यक्त गर्नुपर्ने धारणा राखिन् ।

गीता अधिकारी ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर सोमबार यो कृति पाठकमाझ ल्याएकी हुन् ।