Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पुस्करलाई ‘सुनन ए मायालु’ भन्दै स्मारिका

काठमाडौं : पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ‘स्याङ्याजा म्युजिक’ नामक युट्युब च्यानलबाट यो गीतको भिडियो रिलिज गरिएको हो ।

तुला आर लामिछानेको शब्द रचना रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । मालाश्री स्टुडियोमा रेकडिङ तथा मिक्सिङको काम गरिएको गीतको म्युजिक भिडियोको निर्माता तुला आर लामिछाने नै हुन् । गीतको भिडियोमा पुस्कर राउत र स्मारिका ढकाल फिचर्ड छन् । उक्त गीतमा बैसाखीको सहारामा रहेको पुष्कर सङ्ग स्मारिकालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

मुभि पोइन्टमा पोस्ट प्रोडक्सनको काम गरिएको गीतमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन, प्रिया नगरकोटीको हेयर एण्ड मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन कोरियोग्राफर पाण्डेले नै गरेका हुन् ।