Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

डा. प्रधानको गीत संगीत तथा कलाकारिता प्रतिको मोह

काठमाडौं : डाक्टर नवराज प्रधान इलाममा जन्मिए र हुर्किए । नेवार भएरै पनि उनमा नेवारी संस्कृती सङ्गै लिम्बू संस्कारको पनि प्रभाव परेको छ । च्याब्रुङ नाच धान नाच लगायत लिम्बू संस्कार हेरेरै हुर्किएका उनको स्मरणमा इलाम कै बिहिबारे हाटको ताजापन कहिल्यै पुरानो भएको छैन् । त्यसैले होला उनी आफू बैज्ञानिक बनिसक्दा समेत कहि न कतै पुर्वेली गीत संगीतले मनमा जरा गाडेर बसेको ।

यसैको प्रतिफल उनले गीत ‘ठूली’ केही समय अघि सार्वजनिक गरेका छन् । गौतम राज खड्काको निर्देशनमा भिडियो समेत बनाएका उनको गीतको भिडियोमा श्रद्धा क्षेत्री र गौरभ पहारी फिचर्ड छन् । यो बाहेक पनि उनले आधा दर्जन बडी गीतमा स्वर र शब्द रचना गरेका छन् ।

उनको रुचि र पेशा भने दुई भिन्न पाटा रहेका छन् । इलाम र काठमाडौं गर्दै उनले आईएस्सी सम्मको अध्ययन सके । त्यस पछि इजिनियरिङ सकेका उनी मास्टर्स गर्न जापान पुगे । र त्यहा बाट अमेरिका हानिए । जलश्रोत बैज्ञानिक उनको स्थाई बसोबास भने अमेरिका मै रहेको छ । तर बेलामौकामा नेपाल आउदा उनी गीत संगीत सिर्जना मै रमाउछन् । आफ्नो मनको कुनै कुनामा रहेको रहर पुरा गर्छन ।

होस्टल जीवन बिताउदा उनले भिन्न स्थानका भिन्न संस्कृति बारे जान्ने मौका पाए । यसैको प्रतिफल गीत संगीत प्रतिको रुचि मान्छन उनी । पस्चिमका गुरुङ पुर्वका राईलिम्बु र काठमाडौंका नेवार सबैको संस्कृतीको ज्ञानले उनलाई अझ गीत संगीत नजिक बनाएको सोच्छन् ।
यो बाहेक उनी आफो क्षेत्रमा पनि स्थापित भैसकेका छन् ।

सम्युक्तं राज्य अमेरिकामा बस्ने एक पेशेवर जलस्रोत वैज्ञानिक उनले जापानको क्योटो विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री हासिल गरेका हुन् । उनले नेपाल विद्या भूषण (का) सहित युवा वैज्ञानिक पुरस्कार (जापान), नागरिक सेवा (अमेरिका) को लागि उपलब्धि पदक, र नागरिक सेवा प्रशंसा पदक (अमेरिका) प्राप्त गरेका छन् ।