Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘तिम्रो र मेरो’ : रोमान्टिक मुडमा प्रभात र सलिना

काठमाडौं : गायक सविन सुवेदी र गायिका स्मिता दाहालको स्वर रहेको म्युजिक भिडियो ‘तिम्रो र मेरो’ सार्वजनिक भएको छ। भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री फिचर्ड छन् । उक्त गीतमा उनिहरुलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

गीतलाई अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारले लेखेका हुन् भने वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीत रहेको छ । श्याम तामाङले छायांकन गरेको भिडियोमा राकेश दाहालले सम्पादन गरेका हुन् ।

हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो ।