Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘हे नीर’ : यूवा यूवतीबिचको प्रेम र पारिवारिक अवरोधको कथा

काठमाडौं : यूवा यूवतीबिचको प्रेम र पारिवारिक अवरोधको कथालाई देखाइएको गीत ‘हे नीर’ सार्वजनिक भएको छ । गीतमा गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको छ ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् साथै कोरियोग्राफी पनि सरोज र आश्मा कै रहेको छ । गीतको भिडियो हेरेर भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट २ प्रतिक्रिया छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुईवटा स्मार्ट फोन उपहार दिइने निर्माणपक्षले बताएको छ ।

गीतमा रविन स्वप्निल गिरीको शब्द, गायक योगीको संगीत, रिकेश गुरुङ ‘किज’को संगीत निर्माण र एसडीकै मिक्सिङ तथा मास्टरिङ रहेको छ । सुवास तिमल्सिनाको मेकअप रहेको भिडियोमा सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन, विजय अधिकारीको सह–निर्देशन, पेम्बा मगरको सह–कोरियोग्राफी तथा सरोज अधिकारीको कन्सेप्ट र निर्देशन रहेको छ ।
यो भिडियोका प्रोडक्सन कन्ट्रोलर मिलन कटवाल हुन् ।