काठमाडौं : नायक राजवल्लभ कोईराला सिनेमा ‘एक्टर’बाट सिने क्षेत्रमा कमब्याक गर्ने भएका छन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहने सिनेमा ‘एक्टर’मा राजवल्लभ काम गर्न तयार भएका हुन् । निर्माणपक्षले यो सिनेमामा नायकको रुपमा प्रदीप खड्का र नायिकाको रुपमा आना शर्मालाई फाइनल गरिसकेका छ ।

अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमामा थमन कुमार भण्डारीको लगानी रहेको छ भने यो सिनेमाको सह–निर्मातामा एनिस भुसाल र सार्थक के सी छन् । सिनेमालाई राजन भुसालले निर्देशन गर्दै छन् ।
यो सिनेमाको छायांकन केही महिनामा नै सुरु हुनेछ । सिनेमालाई सन् २०२५ भित्र रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन रहनेछ । सिनेमामा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा छन् । सिनेमामा पोष्टर डिजाइन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको रहेको छ ।















