Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘म को हुँ’ : शिल्पाको प्रेमको लागि छटपटिएको सरोज

काठमाडौं : गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश भएको ‘म को हुँ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा आफ्नो प्रेमका लागि छटपटिएको पुरुष र महिलाको कथा देखाईएको छ । आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको देख्न सकिन्छ ।

भिडियोमा बरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । कलाकार सरोज खनालले यो गीत र भिडियो आफ्ना लागि विशेष रहेको बताएका छन् ।

गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द, राम कुमार केसीको छायांकन, विजेश पौडेलको सम्पादन रहेको छ भने यो गीतको भिडियोलाई रसरंग मिडियाले तयार पारेको हो । भिडियोमा सुलोचना गौतम र सुशान्त ढकालको पनि अभिनय छ ।