Sur Cinema

‘दयारानी’को टिजर : नि:सन्तानका कारण दया र दियाको सम्बन्धमा आएको उतारचढाव

काठमाडौं : माओत्से गुरुङ निर्देशित सिनेमा ‘दयारानी’को टिजर रिलिज गरिएको छ। निर्माण टिमले बिहीबार १ मिनेट ४६ सेकेन्ड लामो टिजर युट्युबमा रिलिज गरेको हो।

टिजरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दिया पुनलाई बढी स्पेस दिइएको छ। दया र दिया श्रीमानश्रीमतीको भूमिकामा छन्। नि:सन्तानका कारण दया र दियाको सम्बन्धमा आउने उतारचढावलाई टिजरमा देखाइएको छ।

टिजरले दर्शको ध्यान खिच्छ। समग्र सिनेमा मौलिक कथामा आधारित रहेको अनुमान टिजरले दिन्छ। आगामी माघ २६ गतेदेखि यो सिनेमा देशभर प्रदर्शनमा आउँदैछ।

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा दया र दियाका अलावा विजय बराल, पुष्कर गुरुङ, प्रमिस गुरुङ, राजेन्द्र थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ। माओत्से गुरुङ कै सिनेमामा कथा रहेको छ।

शैलेन्द्र डि कार्कीले सिनेमा खिचेका हुन्। निमेष श्रेष्ठ र राजेन पुवरले सिनेमा सम्पादन गरेका हुन्। मोहन गुरुङ लगायतको टिमले सिनेमामा लगानी गरेको हो। टिजर :-