Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

विल्सनको सिनेमामा बिजय लाहुरे बन्ला कि दाउरे ?

काठमाडौं : सिनेमा ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै सिनेमामा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो सिनेमामा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । उनी लाहुरेको भुमिका रहने वा दाउरेको भन्ने केही खुलाइएको छैन् ।

सिनेमाको मुख्य भुमिकामा उनले यसअघि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित गराईसकेका छन् । विजयको प्रवेशसँगै सिनेमामा कलाकारको लाइनअप पनि बलियो बन्दै गैरहेको छ । सिनेमामा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले सिनेमा बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको सिनेको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । सिनेमाको निर्मातामा सरिना लामा छिन् ।  सिनेमाको संगीत अनमोल गुरुङले गर्नेछन् ।