काठमाडौं : लोकप्रिय गायिका प्रतिमा अर्याल र बिक्रम जङ्ग शाहको स्वरमा “हेर्छौ तन्की तन्की” सार्बजनिक भएको छ ।सुरीलो स्वरकी धनी प्रतिमा अर्याल काँठ क्षेत्रमा निकै नै चर्चित गायिकाको रुपमा चिनिन्छिन् भने बिक्रम जङ्ग शाह विभिन्न संघ संस्थामा नेतृत्व गर्नुका साथै सिनेमा निर्माण तथा समाज सेवामा पनि उत्तिकै रुची राख्ने तथा सर्जक हुन् ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोमा गायक बिक्रम जङ्ग शाह संगै चर्चित नायिका शिल्पा पोख्रेलले अभिनय गरेकी छिन् । गीतलाई अमृत भारतीले लेखेका हुन् भने संगीत प्रस्तुतकर्ता एवम् गायक स्वयम् बिक्रमले भरेका छन् । भिडियोलाई छायांकन नबराज उप्रेती र सम्पादन मनोज कार्कीले गरेका छन् । उक्त भिडियो उद्धार म्युजिक नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।















