Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘म्याउँ’को घोषणा : उत्तमको कम ब्याक, अनुपको लागि महत्त्वाकाङ्क्षी

काठमाडौं : माघे सक्रान्तीको अवसर पार्दै सिनेमा ‘म्याउँ’को प्रथम भाग घोषणा गरिएको छ । सिनेमामा अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको मुख्य अभिनय रहने छ ।

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो सिनेमालाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस सिनेमामा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो लागेको छैन् ।

दक्षिण भारतीय सिनेमा संगीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले संगीत दिने यस सिनेमामा दक्षिण भारतीय सिनेमाका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित सिनेमा ‘कान्तारा’को गीत ‘बराह रूपम’ र पद्मलता सिनेमा ‘थानी ओरूभन’को ‘कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन् ।

दक्षिण भारतीय सिनेमाकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।

सिनेमा चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. सिनेमामा आबद्ध भइसकेको छ ।

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको सिनेमाकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी सिनेमामा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।