Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पोखरेली दर्शकसँग ‘चित्रा’ टिम

काठमाडौं : पौष २७ गते शुक्रबारबाट पदर्शनमा आएको घनश्याम लामिछाने निर्देशित सिनेमा ‘चित्रा’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । सिनेमाले दर्शकहरुबाट सकरात्मक प्रतिक्रिया पाईरहेको छ । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकले ‘चित्रा’लाई रुचाएका छन् । बाबु छोरीको कथामा आधारित सिनेमाका मुख्य पात्र सन्तोष अधिकारी र सिम्रन खड्काको रहेको छ ।

यतिबेला ‘चित्रा’ टिम पोखरामा छन् भने सिनेमाको मुख्य पात्र सन्तोष स्वयं पोखरेली हुन् । पोखरेली दर्शकहरुले ‘चित्रा’ टिम सङ्गै बसेर सिनेमा हेरेका छन् । पोखरा मिडटाउन सिनेमाज र पोखरा सिनेप्लेक्समा ‘चित्रा’का कलाकार सन्तोष अधिकारी, सिम्रन खड्का, निर्देशक लामिछानेसँगै बसेर दर्शकले सिनेमा हेरेका हुन् । प्रिमियरमा राम्रो तारिफ पाएका अधिकारीले हलमा प्रदर्शन पश्चात पनि दर्शकको सकरात्मक प्रतिक्रिया पाएको उल्लेख गरेका छन् ।

सिनेमामा सन्तोष र सिम्रनको अलावा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, आयुशी ढकाल, विनोद कुमार पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।

महेश पौडेलले छायांकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिष शाह र सन्देश शाह छन् । सिनेमामा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । सोनाली शिल्पकारको मेकअप रहेको सिनेमामा असिम थापाको ड्रोन, विजय बस्यालको पोष्टर डिजाइन छ । सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ ।