Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

बुढेसकालकी आमालाई ‘निक्लेर जा भन्छ छोराले’ !

काठमाडौँ : हुर्किएको छोरो बुहारीको बचन अनि बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको छ ।

भनिन्छ नि, आमा-बाबुको सपना बुढेसकालको साहारा हो छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् । त्यस्तै कथा बोकेको एक मार्मिक गीतिकथा रिलिज भएको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ । भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ।

विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् ।