Sur Cinema

सिनेमा ‘पर्खी बसें तिमीलाई’ : विशेष शो बाट सकारात्मक प्रतिक्रिया

काठमाडौं : सिनेमा ‘पर्खी बसें तिमीलाई’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाजमा शुक्रबार आयोजित विशेष शोमा सहभागीहरुले धेरै समयपछि प्रेम कथानक सिनेमा हेर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । पछिल्लो समय ड्रामा र एक्सन सिनेमा हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको ‘पर्खी बसें तिमीलाई’ हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

निर्माता तथा निर्देशक आकाश अधिकारीले सिनेमा उद्योगमा कमि रहेको नयाँ अनुहारलाई किरण र रक्षाले पुरा गर्नेमा विश्वस्त रहेको बताए । उनले भने,‘यस्ता प्रतिभाले अवसर पाएका रहेनछन् । उनीहरूलाई पर्दासम्म ल्याउने टिमलाई धन्यवाद । ’ निर्देशक नवल नेपालले सिनेमा स-परिवार बसेर हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए । डेब्यु कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीले यस क्षेत्रमा भविष्य उज्वल देखाएको प्रतिक्रिया दिए ।

मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छ’, निर्देशक श्रेष्ठले भने,‘अहिले सिनेमा हेरिसकेकोले तारिफ गरिरहेका छन् ।सिनेमा टिमले माघेसंक्रान्तिसम्म उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिदैछन् । डेब्यु सिनेमामै पाएको प्रतिक्रिया आफूहरू उर्जाशील रहेको नव कलाकार किरण र रक्षाले प्रतिक्रिया दिए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।