Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कति पटक त हातमा आएका काम पनि खोसिएका छन् : प्रमोद अग्रहरी

काठमाडौं : सफलता र असफलता एक अर्काका परिपुरक हुन्। कर्ममा निरन्तर लागिरहने हो भने सधै असफल त कोही पनि हुँदैन्। कर्मको निरन्तरताले एक न एकदिन अवश्य सफलताको स्वाद चखाउँछ। जसको ज्वलन्त उदाहरण हुन् कलाकार प्रमोद अग्रहरी।

सिनेमा ‘उमा’बाटै उनी कामको लागि चर्चामा छन्। हरेकपटक उनका सिनेमा रिलिज हुँदा उनको कामको प्रशंसा नै हुन्छ । तर पछिल्लो समय उनलाई हरेक मेकरहरु ‘भिलेन’ बनाउन लागिपरेका छन्। ‘भिलेन’ क्यारेक्टर निर्वाह गरेपनि उनले हरेकपटक लिड कलाकारलाई पछि पारेर आफ्नो अभिनयले दर्शकको मन जितेका छन् ।

यति हुदाहुँदै पनि उनले आफुले पाउनु पर्ने जति अवसर पाएका छैनन् । कतिपटक त हातमा आएका काम पनि खोसिएका छन् । उनी खुलेर आफुमाथि गलत भएको कुरा बोल्दैनन् । तर सानो सिनेजगतमा राम्रा-नराम्रा खबरहरु यसै थाहा भइहाल्छ।

प्रमोद ‘रावायण’ सिनेमाका लागि तयार थिए । त्यहाँ उनले तराई मूलका कलाकारले कति सम्म गर्न सक्छन भनेर प्रमाणित गर्दै थिए । उनी मानसिक रुपमा तयार थिए । मेकर टिम नै सबै तयार थिए । तर अनमोल केसीले सिनेमाबाट हात झिकिदिए । फ्लोरमा जान केही दिन बाँकी रहँदा गरेको अनमोलको कच्चा निर्णयले उनले पाएको महत्वपुर्ण भुमिकालाई प्रमाणित गर्न नपाउँदै पछि सर्नु पर्यो ।

यी र यस्ता घटना तर्फ इन्कित गर्दै ‘चित्रा’ सिनेमाको प्रिमियरमा पुगेकी अर्की कलाकार गौरी मल्लले प्रमोदलाई सम्झाएकी छन् । उनले आफ्नो भागमा भएको कुरा मात्र आफ्नो हुने भन्दै यस्तो अवस्था धेरै कलाकारको जीवनमा आउने बताइन्। यस्तो अवस्थालाई अति सामान्य रुपमा स्विकार्नु पर्ने भन्दै समय आएपछी कसैले पनि रोकेर नरोकिने तर्फ गौरीले संकेत गरिन् ।

प्रमोद गौरीलाई आमा मान्छन् । उनका कुरा सुन्छन् । त्यसैले होला आफुले करियरमा राम्रो उचाईलिनु पर्ने समयमा भएका धोकालाई लिएर पनि दु:खी नभई धैर्य रहेका । उनको काममाथि कसैले पनि औला उठाउन सकेका छैनन् । ढिलो छिटोको कुरा मात्रै हो दर्शकले दिएको मायालाई मेकरले देखेर उनलाई पक्कै भिन्न रोलमा अभिनय गराउने नै छन् । र हरेक पटक जस्तै उनले आफ्नो भुमिकालाई न्याय पनि गर्नेछन् ।