Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गाउँ आएको बाटो’ : युरोपको प्रतिष्ठित गोटेबर्ग सिनेमा महोत्सवमा छनोट

काठमाडौं : नविन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । 

यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा सिनेमाको युरोपियन प्रिमियर हुने जनाइएको छ ।

सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतका कलाकारले अभिनय रहेको छ।

महेश राई र नविन सुब्बा स्वयंको पटकथा लेखन छ । सिनेमाको निर्मातामा अमोद राई र निर्देशक सुब्बा स्वयं छन् भने सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई कार्यकारी निर्मातामा रहेका छन् ।