काठमाडौं : उपत्यकामा रहेको दुई मल्टिप्लेक्स एफक्युब र बिएसआरमा सिनेमा ‘पर्खी बसेँ तिमीलाई’को अग्रिम बुकिङ खुलेको छ भने बुकिङ खुल्ला गरेर टिकेट बिक्री सुरु गरेको छ ।
रोमन फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा रक्षा र किरणको अलावा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत रहेको छ भने भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ । पुष २७ बाट रिलिजमा आउन लागेको सिनेमालाई दीपक श्रेष्ठले निर्देशन गरेका हुन् ।

















