Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

इन्डियन आइडल प्रतिस्पर्धी मेनुकाको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

काठमाडौँ : भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका  पौडेलको स्वरमा ‘बादलु माथि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  

चर्चित संगीतकार राजनराज शिवाकोटी र मेनुका पौडेलको संयुक्त स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । अत्यन्तै कर्णप्रिय स्वरमा रहेको उक्त गीतको शब्द एवं संगीत संगीतकार राजनराज शिवाकोटी स्वयमले गर्नुभएको हो । 

नेपालमा मात्र नभई हाल भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुकाको उक्त गीतको भिडियो सम्पादन नकुल खड्काले गर्नुभएको हो । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ । गीतका निर्माता गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताउनुभयो । नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरिएको उहाँले बताउनुभयो । 

गीतका गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताउनुभयो । ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’उहाँले बताउनुभयो । ‘इन्डियन आइडलमा संगीत कि साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘साङ्गितिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । 

इन्डियन आइडलमा मिलिरहेको सफलता र चर्चाकै बीचमा बजारमा आएको नेपाली गीतलाई थप चासोका साथ हेरिएको छ ।  मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन् कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहेकि छिन् ।