Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘पुजार सार्की’को वर्कशप सुरु

काठमाडौं : सिनेमा ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ । सिनेमाको वर्कशपमा मुख्य तीन नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह साथै सिनेमाका मुख्य दुई नायिकाहरू अन्जना बराइली र परीक्षा लिम्बु पनि वर्कशपमा सहभागी भएका छन् । 

पुजार र सार्कीको कथामा निर्माण हुने सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । सिनेमामा पुजारको भूमिकामा आर्यन सिग्देल र सार्कीको भूमिकामा प्रदीप खड्काले काम गर्न लागेको वुझिएको छ । सिनेमालाई सुभाष भुसालले निर्माण तथा दिनेश राउतले निर्देशन गर्दैछन् ।