Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ऐरी’मा जोडिए बलिउड अभिनेता सांगे सेल्ट्रिम

काठमाडौं : सिनेमा ‘ऐरी’मा बलिउड तथा भुटानी अभिनेता सांगे सेल्ट्रिम  मुख्य भूमिकामा देखिने भएका छन् । सिनेमामा पहिलो पटक अभिनेता प्रदीप खड्का उनी संग सहकार्य गर्दै छ्न्   ।

सांगेलाई सिनेमामा भित्राउन लाग्नुको पछाडि निर्माण टिमको दुईवटा उद्देश्य पनि छ । पहिलो, उनी भुटानी नागरिक भएकाले त्यहाँ सिनेमा रिलिज गर्न सहज हुनेछ । दोस्रो, उनी भुटानको प्रतिष्ठित ओटीटी प्लेटफर्म ‘सांग्रिला’मा पनि आबद्ध छन् ।

मल्टीमेटका सञ्चालक जीवन थापाको निर्देशनमा तयार हुन लागेको ‘ऐरी’ हिन्दी, अंग्रेजी, तमिल र नेपाली भाषामा निर्माण हुनेछ । सिनेमालाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले निर्माण गर्नेछन् । सुवास र प्रशान्त भारतीय निर्माता हुन् ।