Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘गाउँ नै रमाइलो’ : आर्यन र दया पछि मिरुना र बुद्धि

काठमाडौं : हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको सिनेमा ‘गाउँ नै रमाइलो’मा नायकद्धय आर्यन सिग्देल र दयाहाङ राई अनुवन्धित भइसकेका छन् । अब, सिनेमामा नायिकाको रुपमा मिरुना मगरको प्रवेश भएको छ ।

सिनेमाका लेखक विकास सुवेदी र निर्माता कडरियाले नायिका मिरुना मगरसँग कागजी संझौता गरेका हुन् ।साथै सिनेमामा कलाकार बुद्धि तामाङको पनि प्रवेश भएको छ । यो सँगै सिनेमामा कलाकारको लाइनअप अझै बलियो बनेको छ ।

सिनेमालाई दिनेश राउतले निर्देशन गर्दैछन् । सिनेमामा विकास सुवेदीको कथा रहनेछ। मौलिक कथामा निर्माण हुने सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा चाहिँ एमएमएस इन्टरटेन्मेन्टले लिएको छ। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। अब सिनेमा आगामी वर्षको दशैँमा रिलिज हुनेछ।