Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘लीलामे माइला’को बिशेष प्रदर्शन : पुर्व धरान हुँदै राजधानी सम्म

काठमाडौं : निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको सिनेमा ‘लीलामे माइला’ को धरान इटहरी र बिराटनगर प्रदर्शन पछि अब बिराटचौकमा पौष २७ र २८ गते अनि चकरघट्टीमा माघ ५ र ६ गते हुने भएको छ ।

धरान र इटहरी बिराटनगरको बिशेष प्रदर्शन पछि दर्शकहरुको राम्रो प्रतिकृया पाएर उत्साहित भएको निर्माण टिमले त्यसपछि दमक, उर्लाबारी , पथरी , बिर्तामोड , धनकुटा , उदयपुर ,हेटौंडा , सिन्धुली हुँदै काठमाडौमा समापन गर्न लागेको सिनेमाका निर्देशक भिम लामाले जानकारी दिए ।

भिम लामा फिल्म्सको ब्यानरमा निर्माण भएको ‘लीलामे माइला’ एक सामाजिक कथा बस्तुमा निर्माण भएको छ । तीन जातीबिचको प्रेम कथालाई निर्देशक लामाले गज्जवले प्रस्तुत गरेका छन् । सिनेमामा तामाङ, लिम्बु र आर्यन जाती बिचको प्रेम कथा प्रस्तुत गरिएको देखिन्छ । अन्तर्जातिय प्रेम कथा विवाह र जाती अनुसारको रित माग गरिएको कथालाई समेटिएको सिनेमाले गाउ घरको वास्तविक कथालाई राम्रो सँग प्रस्तुत गरेको छ । निर्देशक लामाले यस अघी माटो , गोल ,नासो , तामाङ सिनेमा रिमठिम , लिम्बु सिनेमा तुम्दुङ ,बिभिन्न नाटकमा अभिनय तथा लेखन निर्देशन गरिसकेका छन् ।

निर्मात्री दिलु सुब्बाले निर्माण गरेको सिनेमाको कार्यकारी निर्माता , दामोदर सापकोटा , सहनिर्माता कमला राई रहेको सिनेमामा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्बाद राज थापा काउचाको रहेको छ । दामोदर सापकोटा , चन्दा लिम्बू,सुर्य लिम्बु, कमान सिंह राई, रोशन बि सि , दिलु सुब्बा ,गङ्गा कुवर, मान्सिङ तामाङ ,उदय सुब्बा ,सुजेन्द्र गोले तामाङ ,मङ्गलसिङ तामाङ , साजन लिम्बू , प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ , जानुका श्रेष्ठ ,कहरसिङ मगर,कृष्ण कला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।