Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘बेहुली फ्रम मेघौली’ : निश्चल र स्वस्तिमा एकसाथ देखिदै

काठमाडौं : निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई लिएर ‘दिमाग खराब’का लेखक आकाश बरालले सिनेमा ‘बेहुली फ्रम मेघौली’ निर्देशन गर्ने भएका छन् ।

चैतबाट छायांकनमा जाने सिनेमाको कथा रोमान्टिक ड्रामा हुनेछ । सिनेमामा बराल स्वंयको लेखन रहनेछ । यो सिनेमाको लेखन/निर्देशनका लागि बरालले सजन काफ्लेसँग सहकार्य गर्नेछन् । लेखकका रुपमा बरालले ‘दिमाग खराब’का अलावा, ‘चपली हाइट-३’, ‘बिहे पास’, ‘हल्कारा’ लगायतका ८ सिनेमा लेखिसकेका छन् ।

यो सिनेमा ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । सिनेमामा हाल यी दुई निश्चल र स्वस्तिमा मात्र तय भएका छन् भने बाँकी कलाकार तथा प्राविधिक छनौटका चरणमा रहेका छन् । हाललाई सिनेमाको वर्किङ टाइटल ‘बेहुली फ्रम मेघौली’ राखिएको छ ।