काठमाडौं : खिल बहादुर गुरुङ्गले निर्देशन गर्ने सिनेमा ‘रिमै’मा अभिनेता सौगात मल्ल देखिने भएको छन् । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्म्सको प्रस्तुति रहेको सिनेमामा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिश्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए ।

‘जारी’ निर्देशक तथा कवि उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमामा निर्देशक गुरुङ्ग र अभिनेता घले स्वयंको कथा तथा संवाद छ । आगामी फागुन महिनाबाट छायांकन सुरु हुन लागेको सिनेमाको यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको निर्देशक गुरुङ्गले बताएका छन् ।
सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ्ग (युके), प्रकाश गुरुङ्ग (युके), जित यात्री गुरुङ्ग (नर्वे) र सचि कुमारी घले छन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग र विजय लामा सह-निर्माता हुन् ।


















