Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको सिनेमा ‘महाजात्रा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सिनेमाका मुख्य कलाकारहरुलाई प्रस्तुत गर्दै पोस्टर सार्वजनिक गरेका हुन् ।   

सिनेमामा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बनियाँ, वर्षा राउत, रवीन्द्र झा, दिव्य देव, गौमाया गुरुङ, प्रेम पाण्डे, सुमन कार्की लगायतका कलाकारको अभिनय छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता तथा रवीन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमामा प्रदीप भट्टराईको निर्देशन रहेको छ ।