Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘हात्तीछाप’ : प्रचारका लागि निर्माण टिम देश दौडाहामा

काठमाडौं : सिनेमा ‘हात्तीछाप’को प्रचारका लागि निर्माण टिम देश दौडाहामा निस्केको छ । सिने युनिट यतिबेला पश्चिम नेपालका विभिन्न जिल्लामा पुगेको छ ।

सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणी नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर सिनेमाको प्रचार गरे । सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् ।

यस्तै, कलाकार कमलमणी नेपालले पनि दर्शकलाई पेट मिचिमिची हसाँएका थिए । सौगातलाई देख्दा दर्शकहरुमा उत्साह देखिएको थियो । दर्शकहरुले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘हात्तीछाप’ हेर्नका लागि आफूहरु उत्साहित भएको बताएका थिए ।

सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली भन्छन् – ‘दर्शकहरुमा सिनेमाप्रति उत्साहि निकै रहेको पायौं । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी सिनेमाको बारेमा जानकारी दिन पश्चिमदेखि पुर्वसम्म पुग्नेछौं ।’

नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले सिनेमा र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई थियो ।

आज सिनेमाकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्दि तामाङ दाङ पुगेका छन् । उनीहरुले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् । सिनेमाको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

सिनेमा ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, विल्सन विक्रम राई, वुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।