Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

गीत ‘कलिलो यौवनमा’ : प्रेमील जोडी बीचको हृदयविदारक अवस्था

काठमाडौं : प्रबिन वेडवालको स्वरमा गीतकार केपी आचार्यको नयाँ गीत ‘कलिलो यौवनमा’ सार्वजनिक भएको छ । इन्द्रराज परियारको संगीत र आदेश गरुमाचनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा समीक्षा पोखरेल, गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमील जोडी बीचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दा राख्दै जीवन त्यग गरेका प्रेमीको मृत्यु भएको अवस्थालाई गीतमा समेटिएको छ ।

विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन तथा युदिन योञ्जनको छायांकन रहेको गीतको भिडियोमा समीर राईको कन्सेप्ट रहेको छ ।