Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘मायाका रंगहरु’ : पलपछि कुन्दन अनुबन्धित

काठमाडौं : केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा ‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किमबाट सुरु हुनेछ ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह-निर्माता जेनिश न्यौपाने हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहने छन् ।