Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सचिन रौनियारको ‘औधी माया’मा परिन गरिमा

काठमाडौं : गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारको युगल गायनमा नयाँ गीत ‘औधी माया’ सार्वजनिक भएको छ । लोक शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ भने सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिक्सिङ र मास्टरिङ गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन् । सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलर करेक्सन तथा सम्पादन गरेका छन् ।