काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘उपहार’को नयाँ गीत रिलिज रिलिज गरिएको छ। बिहीबार ‘मुटुको चार आना’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको हो।
गीतमा समीक्षा अधिकारी र महेन्द्र बिश्वकर्माको स्वर रहेको छ। अर्जुन पोखरेलको संगीत रहेको गीतमा मुक्त उदासको शब्द रहेको छ। गीत लोक फ्युजनमा आधारित रहेको छ।
डान्सिङ प्याटर्नमा आधारित गीतमा सिनेमाका मुख्य कलाकारहरु फिचर्ड छन्। सिनेमाका नायिकाहरु रेखा थापा, पूजा शर्मा र बेनिशा हमालले भिडियोमा कम्मर मर्काएका छन्। शिशिर राना, निर्मल शर्मा, कुमार विनोद पौडेल, राजाराम पौडेल लगायतका कलाकारहरु पनि भिडियोमा नाचेका छन्। भिडियोको कोरियोग्राफी चाहिँ कविराज गहतराजले गरेका हुन्।

आगामी फागुन २५ गतेदेखि प्रदर्शनमा आउने सिनेमामा सुलक्षण भारतीको कथा रहेको छ। बलराम शाही ठकुरी सिनेमाका कार्यकारी निर्माता हुन्। रेखा फिल्मस र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमामा रेखा थापा, पूजा शर्ना, बेनिशा हमाल, शिशिर राना, निर्मल शर्मा, राजाराम पौडेल, कुमार विनोद पौडेल लगायतका चर्चित कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।

















