Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

प्रेम, विछोड र वेदनाले भरिएको ‘पर्खी बसे तिमीलाई’को ट्रेलर

काठमाडौं : निर्देशक दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘पर्खी बसे तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरुलाई देखाइएको छ । रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ ।

सिनेमामा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन,कोमल गुरुङको सह-निर्माण, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन, भुपेन्द्र अधिकारीको सम्पादन र मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको छ ।