Sur Cinema

‘ह्रस्व दीर्घ’मा जोडिए थप चार कलाकार

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कलाकार लाइनअपमा थप चार कलाकार जोडिएका छन् । कलाकार प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका हुन् ।

चार सेड्यूलमा छायाँकन हुने सिनेमाको भारतका विभिन्न शहरहरुमा हुने छायाँकन सकिएको छ भने हाल नेपालमा छायाँकन भइरहेको छ । चन्द्र पन्त सिनेमाका निर्देशक हुन् ।

हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । सिनेमामा नीता ढुँगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

सिनेमालाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने सिनेमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।