Sur Cinema

‘मखमली चोली’ गीत : परिश्ना र आश्रीयाको आकर्षक अभिनय

काठमाडौं : बाल गायिका परिश्ना बास्तोलाको नयाँ गीत रिलिज भएको छ। शनिबार ‘मखमली चोली’ बोलको गीत रिलिज गरिएको हो। गीतमा परिश्नाको सुमधुर आवाज रहेको छ।

मन्दिरा ढुंगेलको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ। परिश्नाको गायिकी मीठो सुनिएको छ। सुन्दा कानलाई अडियोले आनन्दित बनाउँछ।

यता भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा प्ररिश्ना बास्तोला र आश्रीया थापा फिचर्ड छन्। मौलिक पहिरनमा उनीहरूले आकर्षक नृत्य गरेका छन्। सुरेन्द्र बसेलले भिडियोलाई निर्देशन गरेका हुन्। दिनेश पराजुलीले खिचेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्।