Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

रानी शाक्यको ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक

काठमाडौं : रानी शाक्य र बल बहादुर राजवंशीको स्वरमा समावेश नयाँ गीत ‘मलाई टाढा हुँनु छैन’ सार्वजनिक भएको छ । रानी शाक्यको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतको कोरियोग्राफी तथा निर्देशक केशवराज भट्ट हुन् ।

यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ ।