Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

यो साताको युट्युब ट्रेन्डिङ गीत : सुशान्त केसीको ‘झ्यालबाट’

काठमाडौं : उसो त गायक सुशान्त केसी नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छवि बनाएका लोकप्रिय गायक हुन्। प्रेमिल गाउन माहिर सुशान्तका प्रायः गीतहरू हिट छन्।

यसैबीच उनले यतिबेला फ़ेरि अर्को नयाँ गीत बजारमा ल्याएका छन्। एक हप्ता अघि उनले ‘झ्यालबाट’ बोलको गीत बजारमा ल्याएका हुन्। जुन गीतमा शब्द, संगीत अनि स्वर सुशान्तकै रहेको छ।

यता भिडियोको कुरा गर्नुपर्दा नायिका उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ। उपासनाको जोडीको रुपमा सुशान्त स्वयं फिचर्ड भएका छन्। निभल बज्राचार्यले भिडियो निर्देशन गरेका हुन्।एक महिला प्रहरी अफिसर र कैदिबीचको प्रेमिल कथालाई भिडियोमा गजब तरिकाले देखाइएको छ।

अहिले यो गीत निकै चर्चामा छ। दर्शक स्रोताले एकदम रुचाएका पनि छन्। युट्युबको कुरा गर्नुपर्दा यतिबेला ट्रेन्डिङमा छ। युट्युब म्युजिकको ट्रेन्डिङ नम्बर १ मा छ यो गीत। रिलिजपूर्व नै यो गीतले एल खालको चर्चा पाएको थियो।

रिलिज भएदेखि नै ट्रेन्डिङमा छ। यो साता नेपाली गीतहरू मध्ये यो गीत युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा रह्यो। यो साता रिलिज भएका गीतहरूलाई उछिन्दै ‘झ्यालबाट’ले अग्रस्थान ओगटिरह्यो।