Sur Cinema

‘कालमाण्डु’ सिरिजको भद्रकालीमा शुभ मुहूर्त

काठमाडौं : शयनम अधिकारीको निर्देशनमा तयार हुन लागेको सिरिज ‘कालमाण्डु’को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै सिरिजको शुभ मुहूर्त गरेको हो।

सिरिज क्राइम, सस्पेन्स र थ्रीलर जनरामा आधारित रहने बताइएको छ। सिरिजमा शयनमकै कथा अनि पटकथा रहनेछ। सिरिजलाई पवन सुस्लिङको टिमले खिच्दैछ भने उक्त सिरिजमा सङ्गीत/ पार्स्व सङ्गीत सम्राट न्यौपाने रहने छ ।

सिरिज जेफोके इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको सिरिजमा अन्जन थापा, राकेश कालागाईँ, आलिशा बास्तोला, रोशनि कार्की, क्रिस गुरुङ, सुगत करन्जित, माही अधिकारी, शिव अधिकारी, मिस्टर काजी लगायतका कलाकारहरुको अभिनय रहनेछ। सिरिजको सम्पादन भने पवन सुस्लिङले नै गर्नेछन्।