Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

फ्राइडे रिलिज : ‘दुई कदम’ र ‘जम्प’ हलमा

काठमाडौं : आज शुक्रबारबाट दुई नेपाली सिनेमाहरु एकसाथ प्रदर्शनमा आएका छन्। उदय सुब्बा निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्की निर्देशित ‘जम्प’ देशभर प्रदर्शनमा आएका हुन्।

‘दुई कदम’मा तारादेवी लिम्बूको लगानी छ। दयाराम घिमिरेले सिनेमाको कथा र पटकथा लेखेका हुन्। बिक्रम बिसीले खिचेको सिनेमालाई प्रवीण दाहालले सम्पादन गरेका छन्।

सिनेमामा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यता ‘जम्प’भने निर्देशक कार्कीकै कथा रहेको छ। थ्रीलर जनरामा आधारित यस सिनेमामा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ।

‘दुई कदम’को तुलनामा ‘जम्प’लाई हलमा का शो दिइएको छ। उसो त, ‘जम्प’ले खासै प्रचारप्रसार पनि गरेन। अधिकांश दर्शकलाई ‘जम्प’ सिनेमा हलमा लाग्दैछ भनेर पनि थाहा छैन।