Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दान्भीले धेरै प्रेसर दियो मलाई’- पूजा शर्मा

काठमाडौं : अभिनेत्री पूजा शर्माको छवि नेपाली सिनेमा क्षेत्रमा बेग्लै छ। विशेषगरी पूजालाई रोमान्टिक अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ। उनले आजसम्म काम गरेका सिनेमाहरु पनि लभस्टोरी अनि रोमान्समा आधारित छन्। तर अब भने पूजा आफ्नो नयाँ छवि बनाउन चाहन्छिन्।

पूजाले अब आफूलाई ‘एक्सन अभिनेत्री’को रुपमा दर्शकमाझ चिनाउन चाहन्छिन्। त्यसै अनुरुप उनले एक्सनमा आधारित नयाँ सिनेमामा काम गरिन्। उनले काम गरेको एक्सन सिनेमा हो ‘दान्भी’। जसको बिहीबार टिजर रिलिज गरियो।

एक्सनमा आधारित पहिलो सिनेमा भएकोले ‘दान्भी’लाई लिएर आफूमा धेरै प्रेसर भएको पूजाले बताइन्। बिहीबार टिजर रिलिज कार्यक्रममा सहभागी भएकी पूजाले मिडियाकर्मीहरुसँग बोल्दै आफ्ना सिनेमाहरुभन्दा ‘दान्भी’ले धेरै प्रेसर दिएको बताएकी हुन्।

“मलाई आफ्नो फिल्म गर्दा यति धेरै प्रेसर थिएन कि यो दान्भीले धेरै प्रेसर दियो मलाई”, पूजाले भनिन् , “बिहानसम्म पनि दिमागमा मलाई ला..के भन्ने होला ? ला..के गर्ने होला ? काम त राम्रो गरेको छु तर पनि केही टेक्लिकल कुराले मिस्टेक होला कि भन्ने डर एकदमै थियो। मैले यो फिल्मलाई भन्दा बेसीनै गरेर लागेकी छु।”

यति मात्रै होइन टिजत रिलिजको अघिल्लो रात पूजालाई राम्रोसँग निन्द्रा नपरेको पनि सुन्नामा आयो। यसरी आफ्नो पहिलो एक्सन सिनेमालाई लिएर पूजा जति उत्साहित छिन्, दर्शकहरु पनि उत्तिकै उत्साहित छन्। रिलिज गरिएको टिजरमा पूजा एक्सन अवतारमा प्रस्तुत छिन्।

टिजर रिलिज पश्चात् पूजाको एक्सनलाई दर्शकले रुचाउनेक्रम बढ्दो छ। उनलाई राम्रो प्रतिक्रिया आइरहेको छ। तथापि टिजरमा भिएफएक्स कमजोर रहेको यदाकदा महसुस हुन्छ नै। जे होस्, एक्सन सिनेमामा पहिलो काम भएपनि पूजाले गरेको मिहेनत सराहनीय छ।

रिलिज मिति तय नगरिएको यो सिनेमालाई रुपेश तामाङले निर्देशिन गरेका हुन्। रविन थापामगरको सिनेमामा कथा रहेको छ। सिनेमामा देव मगर र अनुप गदाल निर्माताको रुपमा रहेका छन्। कार्यकारी निर्मातामा चाहिँ पवन राना मगर छन्। सिनेमामा पूजाको जोडीको रुपमा अभिनेता कुन्सङ बम्जन रहेका छन्।