Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सुर्यको ‘अवतार’मा पल, बर्षा देखि सुशीलसम्म

काठमाडौं : एभरेष्ट सुर्य बोहराको निर्देशनमा सिनेमा ‘अवतार’ निर्माण हुने भएको छ । यस सिनेमामा अभिनेता पल शाह र अभिनेत्री बर्षा राउत मुख्य भूमिकामा रहने छन् ।

‘नाइँ नभन्नू ल ४’बाट एकसाथ अभिनयमा डेब्यू गरेका पल र वर्षाको सिनेमामा यो दोस्रो सहकार्य हुन लागेको हो । ‘अवतार’को छायांकन वैशाखबाट गर्ने योजना निर्देशक बोहराको छ ।

निर्देशक बोहराकै लेखन रहेको सिनेमालाई बिक्रम डी जोशी र हिराल जोशीले संयुक्त  रुपमा निर्माण गर्नेछन् । सिनेमामा पल र वर्षाको अलवा विक्रम डि जोशी, सलोन बस्नेत, सुशील सिटौला र  बालकलाकार एभेलिना खड्काको पनि अभिनय रहनेछ ।