Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘कङ्गारु’मा केदारपछि अर्पणको प्रवेश

काठमाडौं : सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’मा कलाकारको लाईनअप बलियो बन्दै गएको छ । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए ।

केदारपछि सिनेमाको अर्को मुख्य पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् । अभिनेता थापा र सिनेमाको निर्माण पक्षबिच मंगलवार औपचारिक रूपमा सम्झौता भएको हो । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा सिनेमा निर्माण हुन लागेको हो ।

सिनेमामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । सिनेमाको सह-निर्मातामा रोनिश बहादुर बस्नेत छन् । टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट अष्ट्रेलीया रहेको छ ।

सिनेमामा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ । सिनेमा निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । सिनेमाका प्रोडक्सन डिजाइनर दिलीप पन्त हुन् ।