Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘पछ्यौरी चुन्नीको’ गीतमा रिना र तिलकको अभिनय

काठमाडौं : लोकप्रिय गायिका पूर्णकला बिसी र गायक बिमल परियारको सुमधुर आवाज रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार ‘पछ्यौरी चुन्नीको’ बोलको गीत रिलिज गरिएको हो।

गीतमा तिलक रामदमको शब्द अनि संगीत रहेको छ। गीत मनछुने छ। पुराना अरेन्जर जुजु गुरुङको गीतमा म्युजिक अरेन्ज रहेको छ।

यता भिडियोमा चाहिँ तिलक रामदाम स्वयं देखिएका छन्। तिलकलाई अभिनयमा रिना गुरुङले साथ दिएकी छिन्। भिडियोलाई शेर साउदम निर्देशन गरेका छन्। मुकेश हुमागाईँले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन्।