Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

दया अभिनित ‘गाउँ आएको बाटो’को रिलिज मिति घोषणा

काठमाडौं :  नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को रिलिज मिति घोषणा गरिएको छ। निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ १८ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो।

सिनेमामा अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको छ। गाउँमा बाटो आएपछि एउटा छोरा र बुवाको सम्बन्धमा कस्तो परिवर्तन अथवा उतारचढाव आउँछ त ? भन्ने कथालाई सिनेमामा उत्कृष्ट तरिकाले उठाइएको छ।

नवीन सुब्बा र अमोद राईको निर्माण रहेको सिनेमामा नवीन सुब्बा र महेश राईको पटकथा रहेको छ। दयाका अलावा सिनेमामा पशुपति राई र प्रशन राईको पनि अभिनय रहेको छ।

रिलिज अगावै विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सिनेमालाई निर्माण टिमले सहभागी गराइसकेको छ। मौलिक कथामा आधारित यो सिनेमालाई लिएर दर्शक निकै उत्साहित छन्।