Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

सिनेमा ‘पूजार सार्की’ : प्रदीप र आर्यन एकसाथ देखिँदै

काठमाडौं : आगामी माघको पहिलो साताबाट छायांकनमा जान लागेको नयाँ सिनेमा ‘पूजार सार्की’मा अभिनेता प्रदीप खड्का र आर्यन सिग्देल अनुबन्धित भएका छन्। आइतबार यसै सिनेमालाई निर्देशन गर्न लागेका निर्देशक दिनेश राउतले एक तस्वीर सार्वजनिक गर्दै आयन र प्रदीप सिनेमामा सँगै काम गर्न लागेको औपचारिक जानकारी दिएका हुन्।

आर्यन र प्रदीपले एकसाथ काम गर्न लागेको कुराले दर्शकमा उत्सुकता जगाएको छ।पहिलोपटक एकसाथ काम गर्न लागेका यि दुई पनि एकआपसमा उत्साहित छन्।

सिनेमामा विकाश सुवेदीको कथा रहनेछ। संगीतकार सुभाष भुसाल निर्माता रहने सिनेमामा अन्य कलाकारहरु पनि रहनेछन्। यस् बारे निर्माण टिमले फ़ेरि जानकारी दिने बताइएको छ।