Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पल र दीपिका स्टारर ‘मायावी’को सकियो छायांकन

काठमाडौं : दिवाकर भट्टराई निर्देशित सिनेमा ‘मायावी’को छायांकन सकिएको छ। शनिबार सिनेमाको सम्पुर्ण छायांकन सकिएको निर्माण टिमले जनाएको हो।

सिनेमा मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको हो। अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईंको मुख्य भुमिका सिनेमामा रहेको छ।

सिनेमामा दीवकरकै कथा रहेको छ। राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको सिनेमामा पल र दीपिकाका अलावा सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको अभिनय रहेको छ।