Sur Cinema

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री दीपशिखा खड्का

काठमाडौं : अभिनेत्री दीपशिखा खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। प्रेमी अमनजंग बस्न्यातसँग दीपशिखाले बुधबार लगनगाँठो कसेकी हुन्।

आफन्तको उपस्थितिमा उनले परम्परागत शैलीमा विवाह गरेकी हुन्। दीपशिखाले ‘प्रेमलिला’ नामक सिनेमा निर्माण गरेकी थिइन्। यता, उनका प्रेमी अमनजंग भने कतार एयरलाइन्समा कार्यरत छन्।