Sur Cinema

आगामी मंसिर २८ गते विवाह बन्धनमा बाँधिदै शृङ्खला

काठमाडौं : आगामी मंसिर २८ गते पूर्व मिस नेपाल शृङ्खला खतिवडा विवाह बन्धनमा बाँधिनेभएकी छिन्। प्रेमी सम्भव सिरोहियासँग उनले लगनगाँठो कस्न लागेकी हुन्।

विगत १ वर्षदेखि प्रेम सम्बन्धमा रहेका शृङ्खला र सम्भवले अब प्रेमलाई विवाहमा परिणत गर्दैछन्। राजधानीको हायात होटलमा उनीहरूको विवाह हुने बताइएको छ।

बाहिर हल्ला पहिलेदेखि नै आएपनि शृङ्खलाले भने केही महिना अघि मात्रै आफ्नो प्रेम सम्बन्धलाई सार्वजनिक गरेकी थिइन्। प्रेम सम्बन्ध सार्वजनिक गरेकी छोटो समयमै शृङ्खलाले विवाह गर्दैछिन्।