Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

महानायक राजेश हमाल नेपालगन्जमा

काठमाडौं : महानायक राजेश हमाल नेपालगन्ज पुगेका छन्। उनी बिहीबार पत्नी मधु भट्टराईसँग नेपालगन्ज पुगेका हुन्। नेपालगन्जमा शुक्रबार हुने ‘नेपालगन्ज कन्क्लेभ’ कार्यक्रममा सहभागी हुनको लागि महानायक नेपालगन्ज पुगेका हुन्।

उनले शुक्रबार समाज, सिनेमा र साहित्यको बारेमा संवाद गर्नेछन्। जसको सहजीकरण प्राध्यापक केशव सिग्देलले गर्नेछन्। त्यस्तै, अभिनेत्री सुरक्षा पन्त पनि यही कार्यक्रममा सहभागी हुनको लागि यतिबेला नेपालगन्जमा छिन्।

पछिल्लो समय महानायक यस्तै विभिन्न कार्यक्रममा सहभागीता जनाउनमै व्यस्त छन्। कार्यक्रममा जाँदा प्राय उनले आफ्नो साथमा पत्नीलाई पनि संगै लिएर जाने गरेका छन्।