Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दिमाग खराब’ हेरेपछि प्रकाश सपूतले गरे स्वस्तिमाको प्रशंसा

काठमाडौं : यतिबेला नेपाली हलहरुमा सिनेमा ‘दिमाग खराब’ले राम्रै व्यापार गरिरहेको छ। गत कार्तिक २४ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

धेरै अन्य कलाकारहरुले पनि सिनेमा हेरेर राम्रो प्रतिक्रिया दिइरहेका छन्। यसैबीच, नायक तथा गायक प्रकाश सपूतले पनि ‘दिमाग खराब’ हेरेपछि प्रशंसा गरेका छन्।

‘दिमाग खराबले पर्दा भित्र उठाएको राजनीतिक मुद्दा र पर्दा बाहिर उठाएको व्यवसायिक मुद्दा दुबै सशक्त छ’, प्रकाशले फेसबुकमा लेखेका छन्, ‘आन्तरिक नेपाली चलचित्र बीचको खिचातानी होस् या विदेशी चलचित्र लिएर गरिने हस्तक्षप कम्तिमा चलचित्र प्रदशनलाई व्यवसायिक रुपमा मर्यादित, पारदर्शी र न्यायपुर्ण बनाईदिए हुन्थ्यो। किनकि चलचित्रमा भन्न सकिन्छ कि भनेर साचेका केही आफ्ना मौलिक कथाहरु छन् । यस्तै केही कारणहरुले लगानी गर्न हिम्मत आएको छैन।’

साथै प्रकाशले ‘दिमाख ख़राब’ टिमलाई धन्यबाद सहित शुभकामना पनि दिएका छन्। त्यस्तै, प्रकाशले स्वस्तिमाको अभिनयको पनि तारिफ गरेका छन्। स्वस्तिमाको अभिनयलाई प्रकाशले ‘माइन्ड ब्लोइङ पर्फर्मेन्स’ भनेर बधाई दिएका छन्।

‘दिमाग खराब’ निश्चल बस्नेत निर्देशित सिनेमा हो। आकाश बरालको कथा रहेको सिनेमामा स्वस्तिमाका अलावा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, विजय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ।