काठमाडौं : निर्देशक दिनेश राउतको निर्देशनमा नयाँ सिनेमा निर्माण हुनेभएको छ। आफ्नो निर्देशनको ७ औं सिनेमाको रुपमा ‘पूराज सार्की’ निर्माण हुन लागेको दिनेशले बिहीबार फेसबुक मार्फत जानकारी दिएका हुन्।
सिनेमामा विकास सुवेदीको कथा रहनेछ। किङ्ग्डम नेटवर्कको व्यानरमा निर्माण हुन लागेको यस सिनेमाको निर्मातामा संगीतकार सुभाष भुसाल रहेका छन्। सिनेमालाई आरआर फिल्मसले वितरण गर्ने बताइएको छ। माघको पहिलो हप्ताबाट सिनेमाको छायांकन आरम्भ गरिनेछ।
सिनेमाको अरु जानकारी निर्माण टिमले विस्तारै दिने जनाएको छ। दिनेशले निर्देशन गरेका यस् अघिका सिनेमाहरु दर्शकले राम्रै रुचाएका थिए। अब ‘पूजार सार्की’लाई कत्तिको रुचाउने हुन् त्यो त पछि नै थाहा होला।


















