Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सतीदेवी’को फर्स्टलुक : मलिकाको घाँटीमा जुत्ताको माला

काठमाडौं : लक्ष्मण सुवेदी निर्देशित सिनेमा ‘सतीदेवी’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बिहीबार निर्देशक सुवेदीले आफ्नो फेसबुक अकाउन्टबाट फर्स्टलुक पोस्टर रिलिज गरेका हुन्।

पोस्टरमा यसै सिनेमाकी नायिका मलिका महतलाई प्रस्तुत गरिएको छ। मलिकाको घाँटीमा जुत्ताको माला देख्न सकिन्छ। जुत्ताको माला लगाइदिएर गाउँलेले मलिकालाई खेदिरहेको दृश्य पोस्टरमा झल्काइएको छ।

फर्स्टलुकले नै सबैको ध्यान खिचेको छ। एउटा सामाजिक कथालाई सिनेमाले उठाएको आभाष पनि पोस्टरले गराउँछ। उसो त, यो सिनेमा सामाजिक कथानक रहेको बताइएको छ । सिनेमालाई नारीप्रधान सिनेमा पनि भनिएको छ। एक ग्रामीण भेगकी युवतीको संघर्ष र आरोह अवरोहको कथा सिनेमामा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा लक्ष्मण सुवेदीकै कथा अनि पटकथा रहेको छ। सुवेदीले नै सिनेमा निर्माण गरेका हुन्। उनले सिनेमाको लागि गीत पनि लेखेका छन्।

सिनेमामा मलिकाका अलावा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता सिवाकोटी लगायतको अभिनय रहेको छ ।